भक्तराजलाई लेउवाको सम्मान, पाएको नगद पुरस्कार जेष्ठ नागरिक समाजलाई
पाेखरा | भदौ २६, २०८०
लेखनाथ उद्योग वाणिज्य संघले २७ औं वार्षिक साधारणसभाको अवसरमा पोखरा – ८ बगालेटोल निवासी भक्तराज श्रेष्ठलाई सम्मान गरेको छ ।
संघको साधारणसभा र चौधौ अधिवेशनको उद्घाटनसत्रमा ७८ वर्षीय श्रेष्ठलाई नेपाल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले चन्द्रलक्ष्मी जेष्ठ नागरिक सम्मान एवं पुरस्कार प्रदान गरे ।
नगद १ लाख १ हजार राशी रहेको पुरस्कारकाे स्थापना संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले गरेका हुन् ।
विशेषतः जेष्ठ नागरिकको हितमा अनवरत लागेका श्रेष्ठ हाल जेष्ठ नागरिक सरोकार समाज नेपाल, कास्कीका अध्यक्ष हुन् ।
त्यस्तै, धार्मिकस्थल रामघाटका प्रमुख संरक्षक र शान्तिघाटको संस्थापक अध्यक्ष रहेका छन् ।
साधारणसभामा सम्मानित व्यक्तित्व श्रेष्ठले उक्त पुरस्कार राशीमा आफ्नोतर्फबाट यथाशक्य थपेर सम्पूर्णं रकम जेष्ठ नागरिक समाजलाई प्रदान गर्ने जनाए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

